Appeal from  COVID-19 CONTROL SUPPORT NETWORK in Nepal

कोभिड -१९ नियन्त्रण सहयोग संजालको अपिल

 

  • विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड१९ को प्रलयकारी प्रकोपलाई नियन्त्रण गर्ने कार्यमा सघाउ पुर्याउनु कोभिड१९ नियन्त्रण सहयोग सन्जालको उदेश्य रहेको
  • पूर्व मन्त्री श्री गणेश शाहको अध्यक्षतामा चैत्र १४, १५ १६ गते सन्जालमा जोडिनु भएका नेपाल सरकारका पदाधिकारी अन्य विभिन्न सँघ सँस्था सँग आबद्ध पेशाविद एवँ विज्ञको उल्लेखनीय सहभागितामा सन्जालका तिनवटा स्काईप बैठकहरु सम्पन्न भएका छन्
  • सन्जालको चैत्र १५ गतेको बैठकले तपसीलका चारवटा सहायता समूह मार्फत सहायता कार्यलाई अघि बढाउने निर्णय समेत गरेको

 

समूह सल्लाहाकार सँयोजक सचिवायल सहयोग कैफियत
शिक्षा तथा जनचेतना श्री गणेश शाह डा. दिनेशराज भुजु रिसोर्सेज हिमालय  
पेशागत सँलग्नता एवँ अनुसन्धान डा. सुनिलबाबु श्रेष्ठ डा. रामप्रसाद खतिवडा रिब्स नेपाल  
नीति निर्माण तथा कार्यान्वयन डा. पुण्यप्रसाद रेग्मी   डा. सूर्यराज आचार्य डा. नवराज खतिवडा द स्मल अर्थ नेपाल  
विश्वव्यापी महामारी तथा विपद व्यवस्थापन श्री महेन्द्रबहादुर गुरुङ डा. तारानीधि भट्टराई नेपाल विकास अनुसन्धान प्रतिष्ठान  

 

  • माथी उल्लेखित टोलीहरुसँग समन्वय गरी यस अभियानमा सहयोग पुर्याउन सवै पेशाविद, नागरिक समाज, सँघसँस्था, सँचारकर्मी एवँ सर्वसाधारण जनसमुदायमा हार्दिक अपिल गरिएको

 

कोभिड१९ नियन्त्रण सहयोग सन्जाल

नीति निर्माण तथा कार्यान्वयन समूह

हार्दिक अपिल

 

  • विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड१९ को संक्रमणको नियन्त्रण गर्न थप जनधनको क्षति हुन नदिन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, विश्व स्वास्थ्य संगठनलगायत अन्य संस्था, नीजि क्षेत्र सम्पूर्ण सरोकारवालाहरूले चालेका कदम यस अनुष्ठानमा भएको सक्रिय सहभागिताको कोभिड१९ नियन्त्रण सहायता सन्जाल अन्तर्गत गठन भएको नीति निर्माण तथा कार्यान्वयन समूह उच्च मूल्याङ्कन तथा सराहना गर्न चाहन्छ

 

  • यो समूहको हिजो चैत्र मा सम्पन्न भएको स्काईप बैठकको छलफल अन्य अन्तरक्रियाहरूको आधारमा कोभिड१९ सँग सम्बन्धित सूचना प्रवाह  सम्बन्धित गतिविधिलाई अझ प्रभावकारी बनाउनका लागि थप कार्यहरू उच्च प्राथमिकताका साथ गर्नुपर्ने निचोड अघि सारिएको

 

  • आधिकारिक औपचारिक सूचना सम्प्रेषण महामारी नियन्त्रणको मूल मन्त्र साधन हो यसले यो अभियानलाई गन्तव्यमा पुर्याउन सर्वाधिक महत्व राख्छ भन्ने निश्कर्षका साथ सबैले सही, तथ्य परक, वैज्ञानिक आधिकारिक सूचना प्रवाह गर्न, गराउन ग्रहण गर्न अनुरोध गरिन्छ

 

  • यो महामारी रोकथामका लागि यससँग सम्बन्धित सूचना प्रवाह सँग सिधै ताल्लुक राख्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, नोभेल कोरोना भाईरस (कोभिड१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, सरुवा रोग नियन्त्रण महाशाखा, प्रदेश मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरू, जिल्ला दैवी प्रकोप उद्धार समिति, राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालयको विपद तथा द्वन्द व्यवस्थापन महाशाखा, विश्व स्वास्थ्य संगठनको आधिकारिक वेवसाईट तथा सूचना प्रवाहसँग सम्बन्धित संघीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एवं प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रालयका वेवसाईटमा दिनको घटीमा एक पटक सूचना विवरण अपडेट गर्ने माथी उल्लेखित प्रत्यक्ष सरोकारवाला निकायहरूको वेवसाईटमा अन्य सम्बन्धित निकायहरुको लिङ्क अनिवार्य राख्ने नयाँ सूचना वा सम्प्रेषणको साथमा यथासम्भव विज्ञान सम्मत तथ्याङ्क प्रमाणहरु पनि अनिवार्य राख्ने

 

  • नेपाल सरकारले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन लागु गरेको यससँग सम्बन्धित ताल्लुक निकाय समेत सँचालन रहेको अवस्थामा यो ऐन, विश्वव्यापी मान्यता पाएका विपद् जोखिम न्युनिकरणका संयन्त्रजस्तै सेन्दाई फ्रेमवर्क विश्वस्वास्थ्य संगठनले अंगिकार गरेका सूचना सम्प्रेषण सम्बन्धित विषयलाई उच्च प्राथमिकताको सूचिमा राखि सोही अनुरुप गर्ने

 

  • सम्बन्धित निकाय आधिकारिक व्यक्तिद्वारा सम्पेषण गरिएका भिडियो सन्देश, प्रेस बक्तव्य, सार्वजनिक विज्ञप्ती सूचना अन्य जानकारीलाई प्रत्यक्ष रुपले ध्यानाकर्षण गर्ने गरी सम्भव भए सम्म ठूलो अक्षरमा नेपाली बाहेकका अन्य भाषामा समेत सबैभन्दा पहिला निकायका आधिकारिक वेवसाईटमा राख्ने त्यसपछी मात्र अन्य सामाजिक सन्जाल जस्तै फेसबुक, ट्वीटर, ह्वाट्स अप, भाईबर आदिमा राख्ने अन्य सामाजिक सन्जालमा सामाग्री राख्दा यसको प्राथमिक श्रोत निकायको आधिकारिक वेवसाईट भएको व्यहोरा उल्लेख गर्ने आधिकारिक वेवसाईटमा रहेका कोभिड१९ ईतरका यथास्थितिका पूराना सूचना विवरण लाई हटाउने अथवा ओझेल पारेर मात्र राख्ने

 

  • सर्वसाधारण जनताले सजिलै हेर्न सक्ने आफूलाई चाहिएको सहयोग लिन सक्ने गरी मित्रराष्ट्र भारत सरकार (+ 91 901 31 51515) विश्व स्वास्थ्य सँगठन (+41 79 893 1892) ले प्रयोगमा ल्याएका ह्वाटस अप नम्बर जस्ता सजिला, जसले पनि प्रयोग गर्न सक्ने उपयोगी संयन्त्रहरूको विकास गरि सार्वजनिकीकरण गर्ने स्मरण रहोस चीन अष्ट्रेलियामा जोसुकैले पनि आफ्नो शरीरको तापक्रम मापन गरी सम्बन्धित निकायको वेवसाईटमा राखेर आवश्यक चिकित्सकीय जानकारी लिन मिल्ने सुविधा बनाईएका छन्

 

  • अहिले आकस्मिक सहायताका लागि भनी चिकित्सक नर्सहरुकै मोवाईल नम्बरहरू सार्वजनिक भई रहेकोले यो कार्यलाई निरुत्साहित गरी सम्बन्धित निकाय, अस्पताल वा स्वास्थ्य चौकीको सम्पर्क नँ सार्वजनिक गर्ने स्मरण रहोस अहिलेको विपदग्रस्त कालखण्डमा चिकित्सक नर्सहरुको समय व्यवस्थापन सबैभन्दा महत्वपूर्ण विषय हो

 

  • बुँदा नं मा उल्लेखित संयन्त्रमा पछिल्ला घटनाक्रम उपलब्धी, कोरोना भाईरससम्बन्धी जानकारी, यो महामारीको जोखिम न्युनिकरण गर्ने उपायहरू, सरुवा रोग महाशाखा अन्य सम्बन्धित निकायका आधिकारिक जानकारी, आकस्मिक सहायता कक्ष आदिको विवरण राख्ने

 

  • सूचना सम्प्रेषण औपचारिक बक्तव्य, भिडिओ सन्देश, सार्वजनिक सूचना आदि सम्प्रेषण गर्न एक द्वारका साथै समन्वयात्मक सम्प्रेषण प्रणाली लागु गर्ने

 

  • यसका लागि सूचना प्रवाहमा एकरुपता ल्याउन सूचना संकलनलाई व्यवस्थित सरलीकरण गर्नका लागि स्थानीय तहमा संभव भए वडास्तरमा नभए पनि प्रत्येक पालिका स्तरमा, प्रादेशिक स्तरमा आन्तरिक मामिला मन्त्रालयमा संघीय सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा भरपर्दो संयन्त्र खडा गरी यसमार्फत माथि उल्लेखित सबै निकाय तथा कार्यालयका वेभसाइटहरूमा अपडेट गर्ने व्यवस्था गर्ने

 

  • यो महामारीसँग जोडिएका कोभिड१९ सरूवारोग विज्ञान, अस्पताल सेवा (साधन, क्षमता व्यवस्थापन, स्वास्थ्यकर्मीको सुरक्षा( साधन प्रबन्ध, महामारी व्यवस्थापन (मिटिगेसन सप्रेसन, टेस्टिङ, आईसोलेसन, लकडाउन आदि), उदयीमान विज्ञान तथ्याङ्कको विश्लेषण, सामाजिक आर्थिक प्रभाव, जोखिम विपन्न समूहको सुरक्षाजस्ता विषयहरू पनि उत्तिकै महत्वका भएकाले चिकित्सा ईतर पेशाविद विज्ञ समूहको राय, सल्लाह परामर्श लिने ।यी सबै विषयका तथ्यपरक सूचनालाई उच्चस्तरको विश्लेषण गरी सोको आधारलाई पृष्टभूमिमा राखेर माथी उल्लेखित विधी प्रयोग गरी सूचना सम्प्रेषण गर्ने

 

  • यी कार्यहरू गर्नका लागि स्वदेशमा विदेशमा रहेका विभिन्न विधागत पेशाकर्मी स्वयँसेवकहरू स्वतस्फूर्त रुपमा सहयोग सेवाका लागि तयार भएकाले सम्बन्धित सबै निकाय वा सरोकारवालाहरूलाई कोभिड१९ सहायता समूहका श्रोत केन्द्र श्रोत व्यक्तिहरूलाई सम्पर्क राख्न अनुरोध गरिएको

 

थप सम्पर्क जानकारीका लागि सम्पर्क श्रोत

शिक्षा तथा जनचेतना समूह सँयोजक डा. दिनेशराज भुजु  (९८४१९९२२१६)

पेशागत संलग्नता एवं अनुसन्धान समूह सँयोजक डा. रामप्रसाद खतिवडा (९८५११७२९१८)

विश्वव्यापी महामारी तथा विपद् व्यवस्थापन समूह सँयोजक डा. तारानीधि भट्टराई (९८५११०७३२८)

नीति निर्माण तथा कार्यान्वयन सँयोजक डा. नवराज खतिवडा  (९८५१०२४३०१)

 

15855361996962273323413912582864